चीनले दबाब दिइरह्यो तर अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गए


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

 

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत  ताइवानको नजिकैबाट  गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरेपछि  चीनले कडा आपत्ति जनाउँदै आईरहेको छ । यद्यपि ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन। विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गर्ने गरेको पाइन्छ ।

यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै, यो उत्तेजक कार्य भएको बताएको छ ।साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com