अफगानिस्तानमा एक वर्षपछि सिनेमा घर खुल्दै, महिलाको भूमिकामा कडाइ
प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2021/01/cinema.jpg?fit=900%2C506&ssl=1)
गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएको एक वर्षपछि देशका सिनेमा हलहरू चलचित्र हेर्नका लागि तयार छन्। तर, यो अवधिमा चलचित्रमा महिलाको भूमिका निकै सीमित हुनेछ ।
अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि तालिबानले देशका सिनेमा हलहरू बन्द गरेको थियो। एक वर्षपछि थिएटर खुलेकोमा धेरैले रमाइलो गरिरहेको बेला यस मामिलामा महिलाको भूमिका र अधिकार हननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
अफगानिस्तानको समाचार एजेन्सी खामा प्रेसले देशमा ३७ वटा चलचित्र र वृत्तचित्र देखाइने बताएको छ । यी सबै चलचित्रमा महिला अभिनेत्री आतिफा मोहम्मदीले मात्र भूमिका निर्वाह गरेकी छन् ।
कलाकार अब्दुल सबोर खिन्जीले एक वर्षपछि सिनेमा हल खुलेपछि चलचित्रका कलाकारहरु खुसी भएको बताएका छन् । उनले चलचित्र निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने बताए । एक वर्षपछि हलहरु खुल्दैछन् । स्थानीय पोर्टलका अनुसार अर्का कलाकार फयाज इफ्तिखारले फिल्ममा आफ्नो पकेट मनी खर्च गरेको बताए ।
एउटा महत्त्वपूर्ण सन्देश दिँदै, काबुलकी निवासी जाहरा मुर्तजावीले भनिन्, “महिलाहरूलाई चलचित्रमा प्रतिबन्ध लगाउनु हुँदैन। यो महिलाको अधिकार पनि हो ।” उनले चलचित्रमा महिला नभएको खण्डमा चलचित्र राम्रो नदेखिने बताईन् ।
तालिबानले गत महिना महिला र केटीहरूलाई आफ्नो घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको थियो। तालिबानले भनेका थिए,- ‘महिला र केटीहरूलाई बिल्कुल आवश्यक नभएसम्म आफ्नो घर छोड्नु हुँदैन। बाहिर निस्किए पनि शरीर र अनुहार ढाक्नुपर्छ ।’ तर, यो निर्णयले थोरै मात्र आश्चर्यचकित भए। सन् १९९६ देखि २००१ सम्म तालिबान शासन देख्नेहरूले यसबारे पहिले नै अनुमान गरेका थिए।