अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय, बलात्कार मुद्दामा भने सफाई


प्रकाशित मिति : भाद्र २१, २०७९ मंगलबार

नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ ।

शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो ।

उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com