तस्वीरमा : महारानीको निधनले शोकमा डुबेको बेलायत
प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार
बेलायतको महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएलगत्तै देशभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन् जहाँ झण्डा आधा झुकेको छ।
उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ। बकिङ्घम प्यालेसबाट आएको आधिकारिक घोषणाले बिहीबार दिउँसो स्कटल्याण्डको बालमोरल क्यासलमा रानीको निधन भएको जनाएको छ।
तस्वीरहरु :
तस्वीर : रोयर्टस र एपीबाट