अमेरिकी सेनाले छोडेको हेलिकोप्टर उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु पाँच घाईते
प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार
अफगानिस्तानको राजधानी काबुलमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनाको जानकारी तालिवान रक्षा मन्त्रालयले शनिबार दिएको छ। तालिवान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवाराजमीले यो अमेरिकी ब्ल्याक हक हेलिकप्टर भएको बताए । दुर्घटनामा ५ जना घाइते समेत भएको इनायतुल्लाहले बताए ।
वास्तवमा, अफगानिस्तान छोड्दा, अमेरिकी सेनाले आफ्ना सबै विमानहरूत्यहीँ छोडेको थियो। ति सबै विमानहरु छोड्ने क्रममा अमेरिकी सेनाले विगारेर छोडेको थियो । पछि, तिनीहरूलाई बनाएर तालिबानले प्रशिक्षणको लागि प्रयोग गरिरहेका थिए। ती मध्ये एउटा हेलिकप्टर उडानकै क्रममा दुर्घटनामा पर्यो ।
उल्लेखनीय कुरा के छ भने अमेरिकी सेनाले तालिबान छोडेको एक वर्षभन्दा बढी भइसकेको छ। यहाँबाट जाँदा अमेरिकाले ठूलो संख्यामा आफ्ना विमान यहाँ छोडेको थियो । तीमध्ये धेरै बरामद भएका छन् । तर, तीमध्ये कतिवटा अहिले सञ्चालनमा छन् भन्ने स्पष्ट छैन।