युक्रेनमा बन्दी बनाएका पाँच बेलायती नागरिक रिहा


प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार

बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका पाँच बेलायती नागरिक रिहा भएको पुष्टि गरेकी छिन् ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्,   ‘उनी र उनको परिवारको लागि अनिश्चितता र पीडाको युग समाप्त भयो।’

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र साउदी अरबलाई बन्दीहरूको रिहाइ सुनिश्चित गर्न सहयोग गरेकोमा धन्यवाद दिएकी छिन् । ‘रसियाले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्नुपर्छ,’ उनले भने।

यसअघि साउदी अरब सरकारले साउदी युवराज मोहम्मद बिन सलमानको मध्यस्थतामा रुसले १० जनालाई रिहा गरेको जानकारीदिएका थिए । यसमा अमेरिका, बेलायत, स्वीडेन, क्रोएसिया र मोरक्कोका नागरिकहरू पर्छन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com