अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् ।उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ ।यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com