खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

पोखरा, २४ असार । पोखरा लेखनाथ महानगरपालिकाको नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविका नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने ७६० विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई रु ४० हजार गरेका छन् ।

महानगरको सिम्पानीबजारमा बस्दै आउनुभएका गोपालबहादुर रानाको डेरामा यही असार १७ गते राति भीषण वर्षासँगै आएको बाढीले सरसामान, लत्ताकपडालगायत सबै बगाएको थियो ।

सो विद्यालयमा ३२ वर्षदेखि सहचालकका रुपमा काम गर्दै आउनुभएका बाढीपीडित रानालाई शिक्षक र कर्मचारीले रु ३५ हजार ५००, विद्यालयले रु २० हजार तथा प्राचार्य सइन्द्र श्रेष्ठले रु सात हजार सहयोग पनि गर्नुभएको थियो ।

कसमस ग्रुपका अध्यक्ष तथा विद्यालयका निर्देशक तेज गुरुङले प्राकृतिक प्रकोपमा परेका आफ्ना विद्यालयका इमान्दार कर्मचारी रानालाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com