संसारको सबैभन्दा फोहोर मानिसको पनि मनपर्ने परिकार थियो ‘खाना’
प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार
विश्वकै सबैभन्दा फोहोर व्यक्ति अमाउ हाजीको नुहाएको केही महिनामै मृत्यु भएको छ । ९४ वर्षको उमेरमा उनले अन्तिम सास फेरे तर के कारण थियो, जसका कारण अमाउ हाजीले करिब ५० वर्षसम्म नुहाउन छोडे ।
एकातिर विश्वभरका चिकित्सक र स्वास्थ्य विज्ञहरूले शरीरको सरसफाईमा जोड दिइरहेका छन् । तर, एक व्यक्ति थिए जसले दशकौंसम्म नुहाएका थिएनन् ।
अमाउ हाजीले एक अन्तर्वार्तामा आफूलाई खाना सबैभन्दा बढी मन पर्ने बताएकी थिइन् । सन् २०१३ मा अमाउ हाजीको जीवनलाई लिएर ‘द स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक लघु वृत्तचित्र पनि बनाइएको थियो ।
अमाउ हाजीसँग बस्नको लागि पक्की घर थिएन। जमिनमा खाडल खनेर जीवन बिताउँथे । उक्त खाडल वरपरका गाउँलेहरूले ढुङ्गाको इँटाले घेरेका थिए।
अमाउ हाजीले धेरै दशकसम्म साबुन र पानी प्रयोग गरेनन् किनभने उनी नुहाउने हो भने रोगले घेर्छ। अमाउ हाजी इरानको दक्षिणी प्रान्तमा बस्थे। नजिकै बस्ने गाउँलेहरूले उनलाई धेरै पटक नुहाउने प्रयास गरे तर हरेक पटक कुनै न कुनै चाल चलाएर त्यहाँबाट भाग्ने गर्थे । उनी अविवाहित पुरुष थिए । -एजेन्सीको सहयोगमा