पाकिस्तानको पेशावरमा अज्ञात बन्दुकधारीद्वारा प्रहरी चौकीमा आक्रमण : दुईको मृत्यु, ४ जना घाइते


प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार

पाकिस्तानको एक प्रहरी चौकीमा आइतबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । संकटग्रस्त खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानसँग सीमा जोडिएको छ। प्रहरीका अनुसार बन्दुकधारीहरूले आज बिहान दक्षिण वजिरिस्तानसँग सीमा जोडिएको डेरा इस्माइल खान जिल्लाको दरबन प्रहरी चौकीलाई भारी हतियारसहित निशाना बनाएका थिए। गोली लागेर एक प्रहरी र एक सर्वसाधारणको ज्यान गएको छ भने चार प्रहरी पनि घाइते भएको उनले बताए ।

शव र घाइतेहरूलाई डेरा अस्पताल लगिएको छ। प्रहरीले तुरुन्तै क्षेत्र सिल गरी आक्रमणकारीलाई पक्राउ गर्न व्यापक खोज अभियान सुरु गरेको थियो। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । शनिबार डेरा इस्माइल खानको दाराजिन्डा जिल्लामा भएको भिडन्तमा दुई जवानको मृत्यु भएको एक दिनपछि यो हमला भएको हो। मुख्यमन्त्री महमूद खानले प्रहरी चौकीमा भएको आक्रमणको निन्दा गर्दै दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकीमा आतंकवादीले आक्रमण गर्दा चार प्रहरीसहित सात जना घाइते भएका थिए । कोहट जिल्लाको बिलातुङ प्रहरी चौकीमा आतङ्ककारीहरूले ग्रेनेड प्रहार गर्दा परिसरमा उपस्थित मानिसहरू घाइते भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com