युद्धरत खेर्सन क्षेत्रबाट सर्वसाधारणलाई हटाइने पुटिनको भनाइ, द्वन्द्व चर्किने सङ्केत


प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताउनुभएको छ ।

मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भन्नुभयो, “खेरसनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ । रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो ।

यसैबीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा कुनै पनि आणविक हतियारको प्रयोगको जर्मनी र चीनले विरोध गरेको बताउनुभएको छ ।

“हामी सबैलाई थाहा छ युक्रेनमा युद्धको बिस्तारले हामी सबैका लागि नकारात्मक परिणाम दिनेछ,” स्कोल्जले पत्रकारहरूसँग भन्नुभयो ।

रणनीतिक आणविक अस्त्रको प्रयोगबाट तनाव बढ्ने सम्भावनालाई विश्व समुदायले स्पष्ट रूपमा रूसलाई बताउनुपर्ने र युद्ध अन्त्यका लागि भूमिका निर्बाह गर्नुपर्ने अति आवश्यक भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com