रुसको एक क्याफेमा आगलागी : १५ जनाको मृत्यु, ५ घाइते


प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार

रुसको कोस्ट्रोमा सहरको एक क्याफेमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार झगडाको क्रममा कसैले फ्लेयर बन्दुक प्रयोग गरेपछि आगो सुरु भएको अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताहरू २५० जनालाई बाहिर निकाल्न सफल भएका छन् । कोस्ट्रोमा मस्कोको उत्तरमा लगभग ३४० किलोमिटर (२१० माइल) अवस्थित छ।

प्राप्त जानकारी अनुसार आगलागीका क्रममा क्याफेको छाना खसेको थियो । आपराधिक अनुसन्धान सुरु गरिएको छ, र प्रहरीले फ्लेयर बन्दुक प्रयोग गर्ने व्यक्तिको खोजी गरिरहेको छ।

कोस्ट्रोमा क्षेत्रका गभर्नर सर्गेई सित्निकोभले पाँच जनालाई सामान्य चोटपटक लागेको र उनीहरूलाई स्वास्थ्य सहायता प्राप्त भएको बताए। रुसमा मनोरञ्जन स्थलमा आगलागी भएको यो पहिलो पटक होइन, यसअघि सन् २००९ मा पेर्म सहरको लेम हर्स नाइटक्लबमा आगलागी हुँदा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com