तान्जानिया विमान दुर्घटना : १९ जनाको मृत्यु, २६ को उद्धार
प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार
तान्जानियाको भिक्टोरिया तालमा शनिबार भएको एक यात्रुवाहक विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार सदस्यसहित ४३ जना सवार रहेकामा १९ जनाको मृत्यु भएको र २६ जनाको उद्धार गरिएको प्रधानमन्त्री कासिम मजलिवाले जानकारी दिए ।
क्षेत्रीय प्रहरी कमाण्डर विलियम मवाम्पघालेले बुकोबा विमानस्थलमा पत्रकारहरुलाई भने, “प्रिसिजन एयरको विमानमा दुर्घटना भएको छ, जुन विमानस्थलबाट करिब १०० मिटर टाढा पानीमा खसेको छ।” तान्जानिया ब्रोडकास्टिङ कर्पोरेशनले उक्त विमान व्यावसायिक राजधानी दार एस सलामबाट उडेको जनाएको छ।
आँधी र भीषण वर्षाका कारण विमान बिहान भिक्टोरिया तालमा खसेको हो । तान्जानियाको सबैभन्दा ठूलो निजी स्वामित्वको एयरलाइन प्रेसिजन एयरले विमानलाई फ्लाइट पीडब्ल्यू ४९४ को रूपमा पहिचान गरेको हो ।