रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी
प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उजुरी दर्ता गराएका हुन् ।
लामिछानेविरुद्धको उजुरीपछि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरिएको छ ।