कीभको पूर्वाधार आक्रमणमा पश्चिमा नीति जिम्मेवारः राष्ट्रपति पुटिन


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण ‘अपरिहार्य’ भएको बताउँनु भएको छ । उहाँले यसका पछाडि पश्चिमाहरूको ‘विनाशकारी’ नीतिहरू जिम्मेवार रहेको पनि बताउँनु भएको छ।

क्रेमलिनका अनुसार ‘जर्मनी लगायत पश्चिमी राष्ट्रहरूको विनाशकारी नीतिले कीभलाई हतियारहरू प्रदान गर्दै सैनिकलाई प्रशिक्षण दिइरहेकोले वातावरण झन् बिग्रेको छ। मस्कोले रूसको नागरिक पूर्वाधारमा कीभको उत्तेजक आक्रमणको प्रतिक्रियास्वरूप कीभको पूर्वाधार आक्रमण लागि बाध्य र अपरिहार्य बनेको प्रतिक्रिया दिएको छ।

परिणामस्वरूप मस्कोले हालैका हप्ताहरूमा युक्रेनको ऊर्जा ग्रिडहरूमा प्रहार गरेको छ र जाडो नजिकिँदै गर्दा लाखौंलाई चिसो र अँध्यारोमा बस्न विवश बनाएको छ।

राष्ट्रपति पुटिनले कीभले पश्चिमी सहयोगीहरूबाट राजनीतिक र आर्थिक सहयोग लिइरहेका कारण वार्ताबाट समस्या समाधान गर्न अस्वीकार गरेको बुझिएको टिप्पणी गर्नु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com