चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा चिन्ता व्यक्त
प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार
विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडनोम गेब्रेयसले चीनको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनले चीनसँग जमिनको अवस्थाको व्यापक मूल्याङ्कन र जोखिम मूल्याङ्कनका लागि थप जानकारी मागेका छन् । चीनमा कोरोनाको बीएफ.७ भेरियन्टका कारण स्थिति लगातार खराब हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका लाखौं नयाँ केशहरु फेला परेका छन्। तर, चिनियाँ सरकारले चलाखीपूर्वक संक्रमण र मृत्युको तथ्याङ्कलाई हेरफेर गरेको छ। चीनले आफैं स्वीकार गरेको छ- ‘कोरोनाबाट मृत्युको गणना गर्ने विधि डब्ल्यूएचओको सुझावभन्दा पूर्णतया फरक छ।’
डब्ल्यूएचओ प्रमुखले मागे चीनसँग पछिल्लो तथ्यांक
डब्ल्यूएचओ प्रमुखले भने – ‘हामीले चीनमा कोभिड-१९ को गम्भीरता बुझ्नुपर्छ। विशेष गरी अस्पताल र सघन हेरचाह इकाई (आईसीयू) मा भर्ना भएका बिरामीहरूमा थप जानकारी आवश्यक छ । ताकि जमिनमा स्थितिको एक व्यापक जोखिम मूल्याङ्कन गर्न सकिन्छ।’ उनले फेरि एकपटक चीनलाई देशभरका सबैभन्दा जोखिममा रहेका मानिसहरूलाई खोप उपलब्ध गराउने प्रयासमा ध्यान दिन आग्रह गरे।
उनले कोभिड–१९ को महामारीसँगै हामी एक वर्षअघिको तुलनामा धेरै राम्रो अवस्थामा रहेकोमा जोड दिए । यद्यपि उनले अझै पनि धेरै अनिश्चितता र खाडल रहेको बताए । यस्तो अवस्थामा अहिले महामारी सकियो भन्नु उचित हुँदैन ।
भारतमा पनि बढ्यो सतर्कता
भारतमा चिनियाँ कोरोना भाइरस भेटिएपछि सरकार सतर्क भएको छ । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोनाको अवस्थालाई लिएर उच्चस्तरीय बैठक गरेका छन् । यस बैठकमा जनतालाई कोभिड मैत्री व्यवहार गर्न र मास्क लगाउन सुझाव दिइएको छ ।
सरकारले खोपको गति बढाउनमा जोड दिएको पनि जनाएको छ । यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले पनि आपतकालीन बैठक बोलाएका थिए । भेटपछि उनले ट्वीट गरे – कोभिड अझै समाप्त भएको छैन। सबैलाई सचेत रहन र सतर्कता बढाउन आग्रह गरेको छु । हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं।’