प्रभु साहले बनाए आम जनता पार्टी, ५१ सदस्यीय तदर्थ समिति घोषणा


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा उनी एमालेमै रहेका थिए भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com