सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
प्रकाशित मिति : पुस २०, २०७९ बुधबार
सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।
साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।