अमेरिका बसाई सरेर आउनेहरुलाई पाँच आधारभूत सुझाव


प्रकाशित मिति : माघ २१, २०८० आईतबार

statue of Liberty

दुनियामा असाध्यै सजिलो काम अर्ति दिनु हो । भलै यो सुझाव हो, त्यो पनि विसुद्ध अनुभवबाट कमाएको । हुनत यो बिषयमा थुप्रै जनहरुले लेखि सक्नु भएको छ पहिल्यै । खैर समान बिषयमा पनि अनुभवको आधारमा फरक ब्यक्तिले काव्य नै लेख्न सक्छन् । भूमिकालाई नलम्बाई बिषय बस्तुतर्फ प्रवेश गर्न चाहें । घुमाइबाहेक अरु बैदेशिक यात्राको लागि तपाईं अमेरिका आउदै हुनुहुन्छ भने भने यो आलेखका ५ बुदा कोसेढुंगा हुन सक्छन् ।

भाषा सिक्नुहोस्

स्वदेशको एक भूभागबाट अर्कोमा पुग्दा छिटपुट संवादमा अवरोध महसुस गर्नु भएको छ होला । अब तपाईं पाटो र माटो दुवै फरक भएको ठाउँमा कदम राख्दै हुनुहुन्छ । एकछिन गम खानुस त, दुइ फरक फरक भाषा बोल्ने मान्छे भेट भो भने कुरा गर्लान ? पक्कै गारो हुन्छ । दैनिक जीवनलाई सहज बनाउनको निमित्त यो अपरिहार्य छ । यद्यपी तपाईं अंग्रेजीमा बिद्द्वान हुनुहुन्छ भने पनि बोलिचालीको लवज र तौर तरिकामा विचार गर्नुस ।

Everyday English book

सुरुवाती चरणमा हुनुहुन्छ भने कम्तीमा साधारण औपचारिकता निभाउन सिक्नुस । नभुल्नुस भाषा नै संबाद को कडी हो । चिल गाडी चढ्ने खुसीमा भोजभतेर, घुमघाम ,भेटघाट जस्ता कुराबाट थोरै समय घटाएर भाषा सिक्नु भो भने फलदायी रहला । म त अझ के आग्रह गर्छु भने अमेरिकाको हकमा सवारी चलाउने तालिम तपाईंलाइ स्वदेश मै लिनु पर्छ भन्ने जरुरी पर्दैन । यदि जान्नुहुन्छ भने सुनमा सुगन्ध भयो तर जान्नु हुन्न भने पनि मन सानो गरेर सिक्नको निमित्त थप समय र धन बर्बाद नगर्नुस । किनकी यहाँ आएर तपाईंले सिक्नु नै पर्छ, ताजा दिमागमा चाडो सिकिन्छ बरु त्यो सामर्थ्य भाषा सिक्नमै खर्च गर्नुस् ।

आफूले गर्ने सम्भावित कामको अभ्यास गर्नुहोस्

भनिन्छ, अभ्यासले नै मानिस लाइ पोख्त बनाउछ । साच्चै नै कर्म क्षेत्रको यात्रा केही मात्रामा चुनौती पूर्ण त हुन्छ नै । नया ठाउँ नया कामका तरिका त हुने नै भए, फेरि यहाँ कामको भेदभाब बिरलै हुन्छ । अनि प्राय सबै काम उठेर गरिन्छ । अझ उदेक लाग्दो कुरा त के छ भने तपाईंसंग जतिसुकै शक्तिशाली स्वदेशी प्रमाणपत्र भए पनि यहाँ आएर सोहि बिषयमा अनुभव र प्रमाण पत्र हाशिल नगरिन्जेल तपाईंले त्यो काम पाउन असम्भब प्राय हुन्छ ।

woman in green long sleeve shirt standing near woman in black hijab

तसर्थ कर्मको सुरुवात साधारण पसल वा गोदामका कामहरुबाट नै हुने गर्दछ । यस्को अभ्यासको लागि यदि नेपालमा तपाईंको पसल छ भने तालिका बनाएर कम्तिमा पनि दिन को ८ घण्टाका दरले काम गर्न सुरु गर्नुस । अझ तपाईंको बसाइ सहरी भू भागमा छ भने ठुला पसल जहाँ कम्प्युटरबाट उठेर कारोबार गरिन्छ, त्यहाँ काम गर्ने प्रयास गर्नुस् । भाट भटेनी , बिग मार्टजस्ता समूहमा जोडिने कोशिश गर्नुस जसले तपाईंलाइ उपभोक्ता सेवा र ठुला पसलमा काम गर्ने वातावरण अनि सस्थागत आचरणबारे अवगत गराउछ ।

यो पनि सम्भव हुदैन भने जे गर्दै हुनहुन्छ त्यसमा दत्त चित्त हुनुस । जसले तपाईंलाइ काम प्रतिको शारीरिक र मानसिक धारणाको अभ्याश भईराखोस । सकभर आफ्ना काम आफै पुरा गर्न सुरु गर्नुस, तर नया सिप सिक्ने निहुमा हप्ते र महिने तालिमको पछि कुदेर समय र अर्थ चै बर्बाद नगर्नुस । बरु जागिरको कसरि दरखास्त दिने , व्यक्तिगत विवरण कसरी तयार गर्ने जस्ता कुराहरुमा थप ध्यान दिनुस।

अनुशासन र आचरण सिक्नुहोस्

हामीलाई लाग्छ कि अमेरिकी समाज छाडा छ । वास्तवमा अपवाद छाडेर यहाँको समाज अनि मान्छेहरु अति नै अनुशाशित देखिन्छन । कहिँ उभिदा सम्भव भएसम्म दुरी कायम राख्छन । बोल्दा मुस्कुराएर बिस्तारै बोल्छन । ढोकाबाट छिर्दा आफु पछिको व्यक्तिलाई शिष्टाचारसहित जान दिन्छन् । शब्द शब्दमा माफ माग्न र धन्यवाद दिन कन्जुसी गर्दैनन् । तपाईं पनि त्यस्तै आचरण सिक्दै गर्नुस ।

अझ तपाईं कार्यक्षेत्रमा बढी अनुशाशित देखिनुपर्छ किनभने तपाईं कार्यावधिमा सीसी क्यामेराको निगरानीमा काम गर्नुपर्छ । अन्जानमा भएको गल्तिलाई ठुलो कुरो मानिदैन किनकि सुरुवाती गल्तिलाई नै सिकाइको रुपमा लिइन्छ । यदि नियतबस गरेको भेटियो भनी जागिर त जान्छ नै कानुनी झमेलामा पर्नुको साथै भबिस्यमा राम्रो जागिरको लागि अयोग्य हुने सम्भावना पनि हुन्छ । तपाईंले बोल्ने कुराले भन्दा गर्ने कुराले फरक पर्ने हुदा नियमलाई शिरोधार्य गरि कसैको निगरानीमा काम गर्ने बानीको विकाश गर्नुपर्छ । कार्यस्थलमा धेरै नबोल्ने ,साथिसंग अनावश्यक नजिस्किने, कसैको निजि कुराहरुमा चासो नदिने एवम् अन्य आर्थिक तथा सामाजिक अनुशाशन सिक्ने कोशिश गर्नुपर्दछ।

हरेक कुरा छोटोरुपमा राख्ने बानी बसाल्नुहोस्

नेपाली समाजमा उखानै छ नि छोटो मिठो भन्ने । हो तेस्तै यता पनि हरेक कुरा छोटोरुपमा राख्ने चलन छ । त्यसकारण सोधेको कुराहरुको छोटो जवाफ दिने शैलीको विकाश गर्न सुरु गर्नुस । त्यसको सुरुवात तपाईंले आफ्नो इमेल खाताबाट गर्न सक्नुहुन्छ । पुरानो इमेल खाता भए पनि यताको लागि नयाँ जति सक्दो छोटो, कम अक्ष्यर प्रयोग गरेर खाता तयार पार्नुस ।

black laptop computer

किनकि यताको लागि जन्म मिति, नाम र इमेल खाता नै तपाईंको तिन पुस्ते हो । अधिकांस कामको लागि तपाईंको फोन नम्बर र इमेलखाता प्रयोग हुन्छ । छरितो सेवा प्राप्त गर्न कतिपय ठाउमा फोनबाट जोडिनु पर्ने र तेस्को लागि नाम र इमेल खाता मुख्य भएकोले यी दुइ जति छोटो भयो तपाईंलाइ संवाद गर्न त्यती सजिलो हुन्छ । फूलबुट्टा भरेर बोल्ने वा उत्तर दिने परिपाटीलाई कम गरेर सिधा, सरल र प्रस्ट बन्ने अभ्यास गर्दै गर्नुस।

समयनिष्ठ हुने बानी बसाल्नुहोस्

बेला भन्दा पछाडी पुग्नुलाई हाम्रो समाजमा सामान्य मानिन्छ । तर अमेरिकाको समाजमा यो परिपाटीलाइ चर्को लापरवाहीको रुपमा चित्रण गरिन्छ । अब तपाईंले समय व्यवस्थापन गर्न पनि सिक्ने बेला आयो । यसको साधारण सुरुवात केहि काम गर्दै हुनु हुन्छ भने ठीक समयमा पुग्ने र निस्कनेवाट सुरु गर्न सक्नुहुन्छ । सम्भव नभए पनि आफुले गर्नुपर्ने काम समय भित्रै पुरा गर्ने कोशिश गर्नुस । फुर्सदिलो हुनुहुन्छ भने घरवाट निस्कने , फर्कने, खाने, सुत्ने , उठ्ने जस्ता कुराहरुमा एकरुपता ल्याउने प्रयास गर्नुस ।

person clicking Apple Watch smartwatch

जसले तपाईंलाइ केहि हद सम्म भए पनि समयप्रति बफादार बनाउन मद्दत गर्दछ । यो समाजमा तपाईं आफै सर्वेसर्वा हो । कसैले तपाईंलाई मुर्तरुपमा केही सिकाउदैन । किनकि यो समाज सिर्फ समय नै रकम भन्ने कुरा मान्दछ । तसर्थ आजबाटै फलानोले मलाइ समय दिएन भनेर चित्त सानो पार्न छाडिदिनुस । यहाँ समय कसैको हुदैन । यसर्थ रात रहे अग्राख पलाउछु भन्ने कुरालाई पनि मनन गर्न सिक्नुस आजैबाट ।

निचोड के हो भने सम्भव भएसम्म आफुलाई थोरै भएपनि सुधार गरेर आउनुस् । सुरुवाती जो जेजे भए पनि सुन्यबाटै हो । मज्जाले सपना देखेर आउनुस् । कालान्तरमा सपना डलर बन्नको निमित्त असिमित अवसरहरु तपाईं लाई स्वागत गर्न पंक्तिवद्ध भएर कुरिरहेका हुनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com