फेसबुक/इन्स्टाग्राममा अवैध रुपमा विज्ञापन देखाएको भन्दै मेटालाई ३९० मिलियन युरो जरिवाना


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

युरोपियन युनियन (ईयू) को डाटा सम्बन्धी नियम तोडेको आरोपमा मेटालाई ३९० मिलियन युरो जरिवाना गरिएको छ । आयरिश डाटा प्रोटेक्शन कमिसन (डीपीसी) ले मेटाले अवैध रूपमा प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापनहरू देखाउन अनुमति मागेको बताएको छ।

फेसबुक र इन्स्टाग्रामको मुख्यालय आयरल्याण्डमा छ। फेसबुक र इन्स्टाग्राम मेटाको सामाजिक मिडिया प्लेटफर्म हो। मेटासँग विज्ञापनको लागि डेटा सङ्कलन र प्रयोग गर्ने तरिकामा परिवर्तन गर्न तीन महिना छ। मेटाले युरोपेली संघको निर्णयप्रति निराशा व्यक्त गरेको छ। कम्पनीले यस विषयमा थप पुनरावेदन गर्न सक्छ।

यद्यपि, मेटाले भने ईयूको निर्णय पछि पनि आफ्नो प्लेटफर्महरूमा व्यक्तिगत प्राथमिकताहरूमा आधारित विज्ञापनहरू ब्लक नगर्ने बताईसकेको छ । नियामकका अनुसार फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्तालाई डाटासम्बन्धी सर्तहरू स्वीकार वा प्लेटफर्म छाड्नु पर्ने भन्दै सहमतिका लागि दबाब दिन सक्दैन। गोपनीयताको लागि अभियान गर्नेहरूले यसलाई ठूलो जीत भनेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com