संसद भवनमा सर्वदलीय बैठक सुरु


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय ससदको अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com