चीनमा विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, भिसा र परमिट पनि जारी
प्रकाशित मिति : पुस २३, २०७९ शनिबार
आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित ट्राभल नियम अन्तर्गत क्वारेन्टाइनको आवश्यकता अन्त्य गर्दैछ। अब चीन प्रवेश गर्नुअघि यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्राका लागि राहदानी र भिसा पनि दिन थालेको छ।
यससँगै विदेशीलाई सामान्य भिसा र परमिट पनि जारी गरिएको छ ।
लामो समयदेखि चीनमा शून्य कोभिड नीति अवलम्बन गरिँदै आएको थियो तर आन्दोलन र अर्थतन्त्रमा परेको नोक्सानका कारण यसलाई ढिलो गरिएको छ ।
लगानीकर्ताहरुका अनुसार नाकाहरु खुल्दा चिनियाँ अर्थतन्त्रलाई पुनरुत्थान गर्न मद्दत पुग्नेछ ।
चीनले पछिल्लो आधा दशकमा सबैभन्दा सुस्त आर्थिक वृद्धिको सामना गरिरहेको छ।
तर, नियमहरु खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्ने गति पनि बढ्ने अनुमान गरिएको छ ।