सन्दीप लामिछाने आज छुट्दै, पीडितसँग सम्पर्क गर्न नपाउने, विदेश जान रोक


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

क्रिकेटर सन्दीप लामिछानेले आज थुनामुक्त हुँदैछन । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलाशले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताए । पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ।

१७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार कट्टेलले जानकारी दिए। उनका अनुसार यदी सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने छ । उनले भने ‘सन्दीपले पीडित वा पिडितको परिवारलाई कुनै पनि तरिकाले सम्पर्क गर्न पाउने छैनन् भने जाहेरवालासँगको सम्बन्धका बारेमा कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न पनि पाउने छैनन् ।भने उनलाई विदेश जान भने रोक लगाइएको छ ।’

सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो । सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com