प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् ।
मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्रीले विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन् भने प्रदेशमा पनि धेरै मन्त्रीको मन्त्रालय तोकिएको छैन ।