दिल्लीमा ‘यल्लो अलर्ट’ जारी, तीन दिनसम्म शीतलहरको चेतावनी
प्रकाशित मिति : माघ २, २०७९ सोमबार
दिल्लीमा तीन दिनका लागि कडा शीतलहरको लागि सतर्कता जारी गरिएको छ। मौसम विभागले राजधानी दिल्लीमा जनवरी १६ देखि १८ सम्म तीन दिनको लागि ‘यल्लो अलर्ट’ जारी गर्दै कडा शीतलहरको चेतावनी दिएको छ। चिसोबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीभन्दा तल पुगेपछि त्यसलाई शीतलहर मानेको छ । पहाडमा परेको हिउँ र चिसो हावाका कारण दिल्लीसहित उत्तर पश्चिम भारतमा तापक्रम घटेको छ ।
जनवरी १५ मा दिल्लीको तापक्रम ५ डिग्रीभन्दा तल थियो । राजधानीको सफदरजङ क्षेत्रमा न्यूनतम तापक्रम ४ दशमलव ७ डिग्री मापन गरिएको छ । जाफरपुरमा २.६ डिग्री सेल्सियस र लोधी रोड क्षेत्रमा ३.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
उत्तर भारतको कुरा गर्ने हो भने, रात राजस्थानमा सबैभन्दा चिसो थियो, चुरुमा न्यूनतम तापक्रम (-) २.५ डिग्री सेल्सियस र बीकानेरमा १.२ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। मौसम विभागका अनुसार जनवरी १६ देखि १८ सम्म उत्तरपश्चिम भारतमा शीतलहरको सम्भावना रहेको छ ।