तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार
जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगबाट लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिबाना तोकेको थियो ।
तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।