न्यूजिल्याण्डकी प्रधानमन्त्रीले राजीनामा दिने
प्रकाशित मिति : माघ ४, २०७९ बुधबार
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पद छाड्ने बताएकी छन् । ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न बाँकी केही नरहेकाले आफूले पद छोड्ने बताएकी हुन । बिहीबार नेपियरमा पत्रकारहरूसँग कुरा गर्दै आर्डर्नले फेब्रुअरी ७ प्रधानमन्त्री कार्यालयमा आफ्नो अन्तिम दिन हुने बताइन्।
उनले आफू आगामी चुनाव नलड्ने समेत जानकारी दिएकी छन् ।
जसिन्डा आर्डर्नले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदैछ ।
यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ ।
आर्डर्नले केही दिनपछि आफ्नो भविष्यबारे सोच्ने बताएकी छन् । २०१७ मा, ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी त्यस समयमा विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनिन्।