अमेरिकी राज्य मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नर बनिन् भारतीय मूलकी अरुणा
प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार
भारतको हैदरावाद सहरमा जन्मिएकी अरुणा मिलर अमेरिकी राज्य मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नरमा निर्वाचित भएकी छन् । उनी यस पदमा निर्वाचित हुने पहिलो भारतीय-अमेरिकी राजनीतिज्ञ बनेकी छिन्।
बुधबार अरुणाले प्रदेशको दशौं लेफ्टिनेन्ट गभर्नरका रुपमा सपथ ग्रहण गरेकी छन् । यसै सन्दर्भमा उनले ट्विट गर्दै भनेकी छिन्, “हामीले इतिहास रचेका छौँ। तर सत्ता इतिहास बनाउने होइन, शक्ति जनताको हातमा छ। यो त यात्राको सुरुवात मात्र हो।”
५८ वर्षीय मिलरको परिवार वर्षौं अघि अमेरिकामा बसोबासगर्दै आएको छ । उनी १९६४ मा भारतको आन्ध्र प्रदेशमा जन्मिएकी हुन् । उनी सात वर्षकी हुँदा उनको परिवार अमेरिका आएको थियो ।
दुई दाजुभाइ र आमाबुबासँगै उनी न्यु योर्कमा बस्थीन् जहाँ उनको बुबा मेकानिकल इन्जिनियरको रूपमा काम आईबीएममा काम गर्थे । उनले अपस्टेट न्युयोर्क र बलविन, मिजौरीका सरकारी विद्यालयहरूमा पढिन् ।
मिलरले मिजौरी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा विज्ञानमा स्नातक डिग्री हासिल गरिन् । त्यसपछि उनले मोन्टगोमेरी काउन्टी विभागको यातायातमा २५ वर्ष काम गरिन्।
Thank you, Maryland. You mean the world to us and more. pic.twitter.com/qCfYUUa1dH
— Aruna Miller (@arunamiller) January 19, 2023