क्रीकेटर सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा
प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ ।
पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।