अमेरिकी आकाशमा चीनको जासुसी बेलुन, मच्चियो हलचल, F-22 जस्ता लडाकु विमान तयार


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

अमेरिकाले हालैका दिनहरूमा केही संवेदनशील क्षेत्रहरूमा उडिरहेको देखाइएको संदिग्ध चिनियाँ जासूस बेलुनलाई ट्र्याक गरिरहेको बताएको छ। आकाशमा उडिरहेको जासुसी बेलुन चीनबाट आएको हो भन्ने कुरामा आफूहरु विश्वस्त रहेको रक्षा अधिकारीहरुले बताएका छन् । यसलाई हालै पश्चिमी राज्य मोन्टानामा भेटिएको थियो। तर, सैनिक अधिकारीहरू यसलाई खसाल्ने पक्षमा छैनन् । चीनले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी राष्ट्रपति जो बाइडेनले स्थितिबारे एक विज्ञप्ति जारी गरेका छन्।

बीबीसी रिपोर्टका अनुसार बेलुन अलास्काको अलेउटियन टापुहरू र क्यानाडाको आकाशमा मोन्टानाको बिलिङ्स सहरमा देखा परेको थियो। एक वरिष्ठ रक्षा अधिकारीले भन्छन्, यदि यसलाई ह्वाइट हाउसबाट गोली हान्ने आदेश जारी गरिएको छ भने, त्यसको लागि सरकारले F-22 जस्ता लडाकु विमानहरू तयार पारेको छ। रक्षा सचिव लोयड अस्टिन र जनरल मार्क मिलि जस्ता शीर्ष सैन्य अधिकारीहरूले खतराको आकलन गर्न बुधबार छलफल गरेको बताईको छ ।

अमेरिकाले किन गोली चलाउँदैन ?

सरकार यसलाई गोली हान्न सिफारिस गर्दैनन् किनभने झरेको भग्नावशेषले जमिनमा रहेका मानिसहरूलाई खतरा निम्त्याउन सक्छ। थोरै जनसंख्या भएको राज्य मोन्टानामा देशका तीन आणविक मिसाइल क्षेत्रहरू मध्ये एक हो ।  अधिकारीहरूले जानकारी सङ्कलन गर्न संवेदनशील क्षेत्रहरूमा जासूसी बेलुन उडेको बताए। तर रक्षाका अधिकारीहरूले भने, ‘खतरा थिएन किनभने  बेलुन कहाँ थियो र कहाँ जाँदैछ भन्ने थाहा थियो।’

 

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दावी, के सैन्य खतरा छ ?

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com