टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ४ हजारको मृत्यु
प्रकाशित मिति : माघ २३, २०७९ सोमबार
टर्की र सिरियामा सोमबार भएको आगलागीमा हालसम्म ४ हजार जनाको मृत्यु भएको छ । तीनवटा ठूला भूकम्पपछि टर्की र सिरियामा विनाशको वातावरण छ । ७.८, ७.६ र ६ रेक्टर स्केलको भूकम्पपछि जताततै विनाशको वातावरण छ । समाचार एजेन्सी एपीले हजारौं मानिस घाइते भएको र भवनको भग्नावशेषमा आफ्ना प्रियजनको खोजी भइरहेको बताएको छ ।
टर्कीमा गएको भूकम्पमा परी २९२१ र सिरियामा १४४४ जनाको मृत्यु भएको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
भूकम्पका कारण दुवै देशमा मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संस्थाका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडका अनुसार विनाशको पूर्ण तस्विर अझै आइसकेको छैन र यो प्रारम्भिक तथ्यांकभन्दा आठ गुणा बढी हुनसक्छ ।
विज्ञहरूका अनुसार तीनवटा ठूला भूकम्प बाहेक अहिलेसम्म सयभन्दा बढी पराकम्पन गएको छ । विश्वले टर्की र सिरियामा राहत सामग्री पठाउन थालेका छन् ।
टर्की र सिरियामा गएको भूकम्पले दक्षिणपूर्वी प्रान्तको कहरामनमारास प्रान्तमा ठूलो क्षति पु-याए पनि यसको प्रभाव दमास्कसबाहेक लेबनानको राजधानी बेरुतमा पनि देखिएको छ । सन् १९९९ मा टर्कीमा यस्तै भूकम्प गएको थियो जसमा १८ हजार मानिसको मृत्यु भएको थियो ।