टर्कीमा भूकम्पपछि दक्षिणी भागका १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

टर्कीमा सोमबारको शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन् ।

टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल तीन महिनाको लागि हुने बताएका छन् । टर्कीमा भूकम्पका कारण यहाँ र छिमेकी सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन् ।

राष्ट्रपति रेसेप तैयप अर्दोआन
राष्ट्रपति रेसेप तैयप अर्दोआन

यसअघि टर्कीका गृहमन्त्री  सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाते, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार तीन महिनाको आपतकालका कारण यहाँ आगामी मे १४ मा राष्ट्रपति र संसदीय निर्वाचन हुने भएको छ र यी चुनावअघि नै संकटकाल अन्त्य हुनेछ ।

यसअघि सन् २०१६ को जुलाईमा अर्दोआनले कूको प्रयासपछि पूरै देशमा संकटकाल लगाएका थिए । अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com