बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने
प्रकाशित मिति : माघ २५, २०७९ बुधबार
बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ ।
“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,” सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भन्नुभयो ।
सुनकले मुख्य विपक्षी लेबर पार्टीका नेता केइर स्टार्मरसँग मिलेर भ्लादिमिर पुटिनको अकारण आक्रमणलाई परास्त नगरेसम्म बेलायत युक्रेनसँग एकताबद्ध भएर उभिने र युक्रेनको विजयी मात्र नभई त्यहाँका जनतामा शान्ति कायम गर्ने कुरा सुनिश्चित गर्ने बताउनुभयो ।
करिब एक वर्षअघि रुसको आक्रमण सुरु भएयता जेलेन्स्की आफ्नो दोस्रो विदेश भ्रमणका लागि बुधबार बेलायत आइपुग्नुभएको थियो ।
सामान्य हरियो पहिरनमा सजिएका जेलेन्स्कीलाई लण्डनको उत्तरमा रहेको स्टानस्टेड विमानस्थलमा सैन्य यातायातको विमानमा ओर्लेपछि सुनकले न्यानो स्वागत गर्नुभएको थियो ।
जेलेन्स्किीले बुधबार नै राजा चाल्र्स तृतीयसँग पनि कुराकानी गने कार्यक्रम तय गरिएको छ ।