गुगलको एउटा गल्तीले गुम्यो १०० बिलियन डलर


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

आफ्नो एक विज्ञापनमा गल्ती भएपछि, गुगलले प्रयोगकर्ताहरूलाई आश्वस्त पार्न कोशिस गरिरहेको छ । यो कृत्रिम बुद्धिमत्ता प्रविधिको दौडमा अझै अगाडि छ।

यो विज्ञापन गुगलको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘बार्ड’ को थियो, जसमा गल्तीका कारण गुगलले १०० बिलियन डलर नोक्सानी बेहोरेको छ। गुगलले हालै आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट बार्ड ल्याउने घोषणा गरेको थियो ।

सोमबार जारी गरिएको उक्त विज्ञापनमा नौ वर्षीया बालकले जेम्स वेब स्पेस टेलिस्कोपको खोजबारे च्याटबटलाई प्रश्न सोधेको देखाइएको छ। जवाफमा, च्याटबोटले बताउँछ, यो टेलिस्कोपले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिर लियो। तर, खगोलविद्हरूले यो जानकारीलाई गलत भन्दै पहिलोपटक, तस्विर खिच्ने उपलब्धि सन् २००४ मा युरोपमा निकै ठूलो टेलिस्कोपको नाममा भएको बताएका थिए । यसपछि बुधवार मूल कम्पनी अल्फाबेटको सेयर सात प्रतिशतले घट्दा कम्पनीलाई १०० बिलियन डलर घाटा भएको छ ।

इन्टरनेट जगतका दुई दिग्गज गुगल र माइक्रोसफ्टबीच एउटा एपलाई लिएर प्रतिस्पर्धा भइरहेको छ । माइक्रोसफ्टको च्याटबोट ‘ChatGPT’ चर्चामा छ, जसले परीक्षा दिनेदेखि कविता लेख्नेसम्म सबै काम गर्न सक्छ । अब यससँग प्रतिस्पर्धा गर्न गुगलले पनि आफ्नै उत्पादन ल्याइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com