अमेरिकाले टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने


प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार

अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले दिएको सहयोग खाद्यान्न, पानी, स्वास्थ्य सामाग्री,बस्न र जाडोबाट बच्नका लागि हुनसक्ने उपायमा प्रयोग हुने बताइएको छ ।   हालसम्म यी दुई देशमा भूकम्पका कारण २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस प्रकोपसँग जुध्न तत्काल राहत सामग्रीको आवश्यकता रहेको राहत तथा उद्धारकर्मीहरू बताउँछन्, अन्यथा चिसोका कारण धेरैको ज्यान जानेछ ।

युएसएआईडीले आफ्नो विज्ञप्तिमा भनेको छ, यसको मद्दत मानिसहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गर्न सकिन्छ। युएसएआईडी  निर्देशक सामन्था पावरले भनिन्, अमेरिकाले पहिले नै विपद् सहायता प्रतिक्रिया टोली (DART) पठाइसकेको छ, जसले हाल टर्कीको अदियामान, अडाना र अंकारामा मद्दत गरिरहेको छ। टोलीमा विज्ञ, १५९ उद्धारकर्मी र १२ कुकुरसहित करिब २०० जना छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com