अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट
प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार
अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
तामा मिश्रित धातु उत्पादन गर्ने सुम्यान एण्ड कम्पनीमा उक्त विष्फोट भएको हो । विष्फोटमा घााइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् ।
सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ । विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका थिए ।