७२ वर्षमा लागे एमाले अध्यक्ष ओली, विगतका अनुभव सुनाउन ‘बा’ नामक युट्युब च्यानल


प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार

RSS

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब च्यानल ‘बा’ सुरु गरेका छन् । ओलीले विगतका अनुभव र स्मरण आउँदो पुस्तालाई सुनाउन युट्युब च्यानल ‘बा’ सुरु गरेका हुन् । अध्यक्ष ओली बिहीबारदेखि ७१ पूरा भएर ७२ वर्ष लागेका छन् ।

अध्यक्षले ओलीले राख्ने पहिलो भिडियोमा मृत्युले नजिकैबाट झम्टिएको भान दिने तर त्यसले जितिसकेको भने नहुने उल्लेख गरेका छन् । उनले कैयौं पटक मृत्यु आफ्नोनजिकैबाट गुज्रिएको र त्यसले आफूलाई धेरै पटक जबर्जस्ती घिच्याएर आफूसँगै लैजान पनि खोजेको बताएका छन् । आफूले जीवनमा एक दर्जनभन्दा बढी पटक मृत्युलाई नजिकैबाट नियालेको र साक्षात्कार गरेको जिकिर गरे ।

अध्यक्षले ओलीले आफ्नो जीवनका कैयौं घटनामध्ये तीन घटनालाई पटकपटक सम्झिने गरेका छन् ।

पहिलो, विं.सं. २०५२ साउन २९ गते अध्यक्ष ओली चढेको हेलिकोप्टर ५ हजार फिट माथिबाट खसेको थियो । तर, कुनै मानवीय क्षती भएको थिएन् ।

दोस्रो, २०७६ मंसिर महिनामा ओलीलाई एपेन्डिसाइटिस भएको थियो र आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो । आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लागेको थियो । डाक्टरहरूले त माया मारेका अवस्थामा ओली अब्जर्भेसनमा राखेपछि बाँच्ने अवस्थामा पुगें का थिए।

तेस्रो, विं.सं. २०३० मंसिर ३ गते कारागारमै रहँदा गौर थानाबाट बाहिर निकालिएको थियो । थानामा ‘माथि’ बाट आएको एउटा पत्रमा ‘अड्डा सार गरी माथि पठाइदिनू’ अर्थात ठाउँ सारेर मारिदिनू भन्ने लेखिएको थियो । चोकबाट देब्रेतिर उनीहरुलाई मार्न तयारी गरिएको थियो । गाडी दायाँ मोडेर लगियो । केही घण्टापछि हामी चन्द्रनिगाहपुर पुगेका थिए । थानाका सब–इन्स्पेक्टरले उनीहरुको ज्यान जोगाइदिएका थिए ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com