उपसभामुख रानाको गुनासो : ‘राज्यबाट पाउनुपर्ने सेवा, सुविधा पाइँन’


प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार

उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताएकी हुन् ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्।

उनले भनिन्, उनले भनिन्,‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरू रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरूषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन ररु कस्तो लाग्छरु तपाईंहरूलाई।

आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताइन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com