चीनद्वारा फेरि रक्षा बजेट बढाउने घोषणा


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

चीनले आफ्नो रक्षा बजेट बढाउने घोषणा गरेको छ । चिनियाँ संसदको बैठकले यस्तो निर्णय गरेको हो । १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो सत्रका प्रवक्ता वाङ चाओले जटिल सुरक्षा चुनौतीहरूको सामना गर्न र देशको दायित्व पूरा गर्न चीनले आफ्नो रक्षा बजेट बढाएको बताए । उनले रक्षा खर्चमा भएको बृद्धि जटिल सुरक्षा चुनौतिहरूको जवाफ दिन र ठूलो देशको दायित्व पूरा गर्ने आवश्यकता दुवैबाट प्रेरित भएको औंल्याए। प्रवक्ताले सैन्य खर्चको मापन पनि रक्षा निर्माणका आधारभूत आवश्यकता र राष्ट्रिय अर्थतन्त्रको विकासको स्तरले निर्धारण गर्ने बताए।

वाङले सन् २०२३ मा चीनले आफ्नो रक्षा खर्चमा कति बृद्धि गर्ने हो भन्न अस्वीकार गरे । उनले आइतबार सार्वजनिक हुने देशको मस्यौदा बजेटमा सबै विवरण राखिने बताए । प्रवक्ताले भने कि देशको जीडीपीको प्रतिशतको रूपमा चीनको रक्षा बजेटको अंश धेरै वर्षसम्म स्थिर र विश्वव्यापी औसत तथ्याङ्कभन्दा कम रहेको छ। उनले भने, ‘हाम्रो विकास दर मध्यम गतिमा अघि बढिरहेको छ र यो धेरै हदसम्म न्यायोचित छ ।

चीनको सशस्त्र बलको आधुनिकीकरणले कुनै पनि देशलाई खतरा नपर्ने बरु यो क्षेत्र र विश्वको स्थायित्व र शान्ति कायम गर्न सकारात्मक शक्ति बन्ने चीनले रक्षा बजेट बढाउने विषयमा स्पष्ट पारेको छ । चीनले हरेक वर्ष आफ्नो रक्षा बजेट निरन्तर बढाउँदै आएको छ । यसैले २०२२ मा चीनले आफ्नो सैन्य बजेट वार्षिक रूपमा ७.१% बढाएर १.४५ ट्रिलियन युआन ($ २०९. ९बिलियन) गर्ने योजना बनाएको  थियो । चीनको अमेरिका, भारत, जापान, अष्ट्रेलिया, ताइवान, फिलिपिन्स जस्ता देशहरूसँग यसको विवाद छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com