राष्ट्रपति चयनका लागि मतदानको समय सकियो, केहीबेरमा मतगणना
प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार
राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् ।
राष्ट्रपतिका उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ छन् । अब केहीबेरमा मतगणना सुरु गर्ने र बेलुका ८ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान गरेको छैन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।