प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार
सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए ।
तर सर्वोच्च अदालतले दुवै मुद्दालाई अग्राधिकार दिन आदेश दिएको छ । कुनै पनि मुद्दाको छिटोछरितो न्यायनिरुपण गर्नुपरेमा अग्राधिकार दिने आदेश हुन्छ । सर्वोच्च अदालतले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई आधार मानेर अग्राधिकारको आदेश गरेको हो ।