तस्वीरमा हेर्नुहोस्, शीतल निवासमा नयाँ राष्ट्रपति पौडेलको शपथ, निवर्तमान भण्डारीको बिदाइ
प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले सपथ लिदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
सपथपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका थिए । भण्डारीको विदाईमा पनि सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले भण्डारीलाई मयुर भएको आँखीझ्याल उपहार दिएका थिए ।
राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिएका थिए ।
तस्वीर : रासस