न्यूजिल्याण्डको कार्माडेक टापुमा ७.१ म्याग्निच्युडको भूकम्प


प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

न्युजिल्यान्डको कर्माडेक टापुमा बिहीबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूसीजीएस)ले जनाएको छ । भूकम्प १० किलोमिटर गहिराइमा गएको यूसीजीएसले जनाएको छ । ३०० किलोमिटरको दायरा भित्र रहेका टापुहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। तर देशको आपतकालीन व्यवस्थापन निकायका तर्फबाट हाल मुलुकमा सुनामीको खतरा नरहेको बताइएको छ ।

टापुहरू न्यूजील्याण्डको राजधानी वेलिंग्टनको उत्तरपूर्वमा छन् र यो टापु समूह लगभग १३  माइल अर्थात् लगभग २० किलोमिटरको त्रिज्यामा फैलिएको छ। द मिररको रिपोर्ट अनुसार यहाँ केही ज्वालामुखीहरू पनि छन् र यसका कारण प्रायः भूकम्प आउने खतरा रहन्छ। न्युजिल्यान्डका सञ्चारमाध्यमले सबै सुरक्षा उपाय अपनाइएको र कुनै पनि क्षतिबाट बच्नका लागि अधिकारीहरू पूर्ण सतर्क रहेको बताएको छ ।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि यसको धक्का अष्ट्रेलियामा पनि महसुस गरिएको थियो । फिजी, न्युजिल्याण्ड र टोंगामा ०.३ मिटर अग्लो समुद्री छाल देखिएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । तर अधिकारीहरूले भनेका छन् कि न त अस्ट्रेलिया र न्युजिल्याण्ड सुनामीको जोखिममा छन्। न्यूजिल्याण्डको सिभिल डिफेन्स एजेन्सीले अहिले शक्तिशाली भूकम्प गएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com