अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, धेरैको ज्यान गएको आशङ्का
प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार
अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ । केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताउनुभएको छ ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटनामा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।
स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनामा संलग्न भएको पुष्टि गरेको छ । चालक दलका सदस्यहरू दुईवटा ब्ल्याक हक हेलिकप्टर उडिरहेका थिए जुन केन्टकीको ट्रिग काउन्टीमा करिब १० बजे (०२:०० GMT बिहीबार) दुर्घटनाग्रस्त भएको फोर्ट क्याम्पबेलले जनाएको छ ।
चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।-फाईल फोटो /एपी