सुडान झडपः ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते
प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार
सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् ।
विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।
प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको तथा छ सय जना घाइते भएका बताएको छ । दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पु¥याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।
कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्यूझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।
सुडानमा द्वन्द्व भड्किएकामा सुरक्षा परिषद्को चिन्ता
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न तथा सुडानको वर्तमान सङ्कट समाधानका निम्ति वार्तामा फर्कन आह्वान गरेको छ ।
परिषद्ले आज एक विज्ञप्ति निकालेर सुडानमा मानवीय पहुँच कायम राख्न तथा राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । विज्ञप्तिमा सुडानको एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति परिषद्को दृढ प्रतिबद्धता दोहो¥याइएको छ ।
सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका तथा छ सय जना घाइते भएका समाचार सार्वजनिक भएपछि सुरक्षा परिषद्ले तत्काल युद्ध अन्त्यका लागि आह्वान गरेको हो । शनिबारदेखि जारी युद्ध आज पनि बिहानैदेखि जारी रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि झडपमा मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ ।