कोरोनाबाट ५१ जनामा संक्रमण, १ जनाको मृत्यु
प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/04/covid.png?fit=1362%2C638&ssl=1)
कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।
आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।