इमरान खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शनः इस्लामाबादमा पाँच प्रहरी घाइते, ४३ जना पक्राउ
प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/05/AP23129373129980.jpg?fit=1024%2C682&ssl=1)
इस्लामाबाद प्रहरीले इमरान खानका समर्थकहरूले गरेको प्रदर्शनमा आफ्ना पाँच जवान घाइते भएको बताएको छ।
इस्लामावाद प्रहरीको बयानमा कानून उल्लंघन गर्ने ४३ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको पनि बताइएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो ।
महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो ।