पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। केसीलाई जडिबुटीबाट नियन्त्रणमा लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौँले जनाएको छ । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी वैशाख २० देखि फरार छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com