इमरान खानको दाबी- ‘सेना प्रमुखको आदेशमा मलाई अपहरण गरियो’


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

wiki

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले वर्तमान सरकार र प्रतिष्ठान चुनावसँग डराएको बताएका छन् ।

जेलबाट बाहिर आएपछि बेलायती समाचार च्यानल स्काई न्यूजलाई दिएको अन्तर्वार्तामा पीटीआई प्रमुखले देश अहिले इतिहासकै सबैभन्दा कमजोर लोकतन्त्र भएको र यस्तो अवस्थामा न्यायपालिका मात्रै आशा रहेको बताए ।

उनले भने, ‘सरकारले मलाई इस्लामाबाद उच्च अदालतबाट आतंकवादी हुँ जस्तो गरी गिरफ्तार गर्‍यो ।

खानले सेना प्रमुख जनरल असिम मुनीरलाई फेरि निशाना बनाएका छन् । ‘सेना प्रमुखको आदेशमा मलाई अपहरण गरिएको हो,’ उनले भने ।

इस्लामाबाद उच्च अदालतले इमरान खानलाई अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दालगायतका मुद्दामा अन्तरिम जमानत दिएको थियो र उनलाई रिहा गर्ने आदेश दिएको थियो।

इमरान खानले सरकारको आलोचना गर्दै भने, “उनीहरूको योजना मलाई र मेरो पार्टीलाई चुनावबाट बहिष्कार गर्ने हो। कुन देशमा सबैभन्दा ठूलो पार्टीको शीर्ष नेतृत्वलाई यसरी गिरफ्तार वा हिरासतमा राखिएको छ?”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com