पूर्वगृहमन्त्री बालकृष्ण खाँण बयानको लागि सरकारी वकिल कार्यालयमा


प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ ।

आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो। सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

पूर्वमन्त्री खाँणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जनाए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गत साता पक्राउ परेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com